काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । पेटको क्यान्सरबाट पिडीत केसीको बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
लामो समयदेखि पेटको क्यान्सरबाट पिडीत केसीलाई पुस २७ अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा बुधवार राती निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाग्लुङ घर भएका केसी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।








