चितवन । चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा एक पुरुष मृत फेला परेका छन । निकुञ्जका बटुकदल गणका प्रमुख सेनानी अरुण श्रेष्ठका अनुसार रत्ननगरनगरपालिका वडा नम्बर ७ मालपुर बस्ने लालकुमार राउत बुधबार मृत फेला परेका हुन् ।
उनी मंगलबारबाट हराएका थिए । उनको शब पानीभित्र गडेको अवस्थामा खैरहनी नगरपालिकास्थित इचर्नीघाटमा फेला परेको हो । उनको मृत्यु गोहीको आक्रमणबाट भएको हुनसक्ने आशंका गरिएको छ । उनको शबलाई परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ ।








