काठमाडौं । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)ले संसद विघटनविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । बिहिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो । बैटकमा आगामी आन्दोलन कसरी अघि बढाउने, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामबारे छलफल भएको एक नेताले जानकारी दिए ।अर्को बैठक शुक्रबार बिहान ११ पुनः बस्नेछ ।








