काठमाडौ । तामाङहरुको मौलिक कला तथा संस्कृति सम्बन्धमा युवा पुस्ताको भुमिका विषयमा “तामाङ समाज यूएई” को विशेष अन्तरक्रिया कार्यक्रम आज हुँदैछ । पहिलो पटक गर्न लागिएको सो अन्तरक्रिया कार्यक्रम भर्चुअल माध्यम (Zoom) बाट हुनेछ। तामाङ समुदायको विविध क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको बिशेष आतिथ्यमा गर्न लागिएको सो कार्यक्रम यही माघ २ गते तदनुसार जनवरी 15, 2021 मा नेपाली समय दिनको ४:०० बजे (यूएई समय 2:15 बजे) हुने तामाङ समाज यूएई काठमाडौ सम्पर्क समितिका अध्यक्ष बिकल्प लामा घिसिङले जानकारी दिए ।
सो अन्तरक्रिया कार्यक्रममा प्रमुख बक्ताको रुपमा मानवशस्त्री प्राध्यापक डा. मुक्त सिह तामाङ रहनेछ भने अन्य वक्ताहरुमा अन्तर्राष्ट्रिय तामाङ परिषदका अध्यक्ष के. एम. तामाङ, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, वरिष्ठ कलाकार जयनन्द लामा, नेपाल ताम्बा संघका अध्यक्ष धावावाङ्गेल मोक्तान तथा नेपाल तामाङ कलाकार संघका अध्यक्ष संजिव वाईबा रहनेछन्। सो अन्तरक्रियामा भाग लिन चाहानुहुने ब्यक्ति तथा संस्थाहरुले तामाङ समाज यूएई को आधिकारिक Facebook page मा गई User ID र Password लिन सकिनेछ।








