काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई हसाँउदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दु:खेको बताएका छन्। नेकपा ओली समूहको प्रदेश १ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले जनतालाई हँसाएको पीर परेको भन्दै बर्बाद गर्नबाट रोकेको बताए । प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ‘उहाँले देश बर्बाद पार्न खोज्दा मैले दिइनँ।
उहाँलाई त्यही चिन्ता भएको हो। म देशको मुहारमा मुस्कान ल्याउन चाहन्छु, म हसाउँदै हिँड्छु। तर, मान्छे मार्दै हिँड्न सक्दिनँ।’ ‘नेपाली जनता हाँसेकोमा किन पीर पर्यो ? त्यसो के म मान्छे मार्दै टुहुरा बनाउँदै हिँडु ? विधुवा बनाउँदै हिँडु ?’ उनले भने ।
‘निर्वाचनमा जान खोज्दा देश डुब्यो भन्ने भ्रम चलाएको आरोप लगाए। देश कहाँ डुब्यो ? कहिले च्यातेँ मैले संविधान ? उनले भने, ‘लोकतन्त्रमा जनता नै अन्तिम निर्णय गर्छन्। त्यसैले हामीले निर्वाचनमा जान मिति तोकको हौँ।’ प्रचण्ड पक्ष निर्वाचन भनेपछि सपनामा समेत तर्सिने गरेको उनको भनाई छ ।








