• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कम्युनिष्टहरु विषले भरिएको घडा: वरिष्ठ नेता रामचन्द्र पौडेल

  •   शनिबार, माघ ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु विषले भरिएको घडा भएको बताएका छन् । नेपाली काँग्रेस भरतपुर महानगर समितिले आज आयोजना गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आयोजित विरोध सभामा बोल्दै पौडेलले कम्युनिष्टहरु सिद्धान्त मिलेर नभई सत्ता मोहले मात्रै मिलेको बताए ।

    सिद्धान्त मिलेर एकता गरेको भए कम्युनिष्टले यति छिट्टै विग्रह नगर्ने भन्दै उनले कम्युनिष्टहरु विषले भरिएको घडा भएको बताए । ‘कम्युनिष्ट भन्ने कुरा विषले भरिएको घडा रहेछ भन्ने छर्लङ्ग भएको छ । सिद्धान्त मिलेर मिलेका रहेनछन्’, उनले भने, ‘स्वार्थका लागि मिलेका रहेछन् । सत्ताको भोग गरौँ भनेरै यिनीहरु मिलेका रहेछन् ।’ सत्तामा कुरा नमिलेपछि फेरि फोडिएको उनले बताए ।

    देशलाई ठूलो दुश्चक्रमा फसाउन खोजिएको उनले बताए । प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतलाई धम्कि दिएको पौडेलले बताएका छन् । विरोध सभामा बोल्दै पौडेलले भत्किएको प्रतिनिधि सभालाई पुर्नस्थापना गरियोस् भनेर काँग्रेसले विरोध प्रदर्शन गर्दा अदालतलाई कुनै दबाब नपर्ने बताए । ‘ओलीले अदालतमाथि गरेको हस्तक्षेपको हामिले काउन्टर गरेको हो’, उनले भने ।

    ‘पार्टीमा झगडा भयो भनेर जनताको प्रतिनिधि सभालाई सडकमा फालेर तानाशाह बन्न खोज्ने ?’, उनले भने, ‘राजनितिक निर्णय हो भनेर ओलीले मुद्धालाई खारेज गरिदिन अदालतलाई आदेश दिँदै छन् । प्रधानमन्त्रीले आदेश दिने हो ? दबाब दिने हो ?’ संविधानको अक्षर राम्रोसँग पढिदिन काँग्रेसले न्यायाधिसहरुलाई आग्रह गरेको उनले बताए । लोकतन्त्रमाथि चिरहरण हुँदा काँग्रेस चुप लागेर बस्न नसक्ने उनले बताए । ‘चुनाव आएको छ भनेर कतिलाई रमाइलो लागेको छ ।

    अब हाम्रो पालो आइहाल्यो भनेर हतारिएर काँग्रेस दगुर्दैन’, उनले भने । काँग्रेस लोकतन्त्रको रक्षाको लागि जन्मिएको पार्टी भएको भन्दै उनले काँग्रेसले पहिला संविधान र लोकतन्त्र बचाउने बताए । संविधानलाई बचाएर मात्रै काँग्रेस चुनावमा जाने उनले ठोकुवा गरे । ‘यस्ता चुनाव पञ्चायतको पालामा कति आए गए’, उनले भने, ‘लोकतन्त्र बच्नुप¥यो । संविधान जोगाएर मात्रै चुनावको कुरा गर्नुस् ।’ अदालतसँग अपिल गर्न पाउनुपर्ने भन्दै उनले काँग्रेसले अपिल मात्रै गरेको तर ओलीले धम्कि र दबाब दिइरहेको बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.