हेटौंडा । मकवानपुर सरूवा भई आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका छन् । सोमबार पत्रकारहरूसंगको परिचयात्मक कार्यक्रममा उनले लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका हुन् । मकवानपुरमा हुने गाँजा र अफिम खेति नियन्त्रण गर्ने उनको भनाइ छ ।
उनले अपराध नियन्त्रण, शान्ति सुरक्षालाई चुस्त बनाउन सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सबैको समन्वय भए शान्ति सुरक्षाको काम सहज हुने उनको भनाइ छ ।कार्यक्रममा प्रहरी निरीक्षक अविनाश अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो ।
उनले आइतबार नै मकवानपुरका विभिन्न इकाईका प्रमुखहरुलाई सामुहिक निर्देशन दिएका छन् । इकाई प्रमुखहरुमा नागरिकसंगको सम्बन्ध सुधार र अपराधमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्न निर्देशन दिएको जनाईएको छ ।








