काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा २ सयले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








