काठमाडौं । नेपालमा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । संक्रमित हुनेमा २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुष रहेका छन् ।








