• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको छ: महानगर प्रमुख रेनु दाहाल

  •   सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २२ कमलपोखरी स्थित पटिहानीमा घरेलु उपज प्रदर्शनी कक्षको सोमबार शिलान्यास गर्दै मेयर दाहालले महानगरले पर्यटन र कृर्षिलाइ एकीकृत रूपमा विकास गरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताएकी हुन् । कार्यक्रममा बोल्दै दाहालले पर्यटकीय क्षेत्रको रुपमा विकाश हँुदै गइरहेको पटिहानीमा औद्योगिक उपज प्रदर्शनी कक्ष निर्माणको लागि छनौट गरिएको बताइन् ।

    यसले उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आर्थिक गतिबिधिमा बढावा दिने साथै स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ थियो । प्रमुख दाहालले भरतपुर महानगरपालिका शिक्षा, स्वास्थ्य, पूर्बाधार, कृषि, पर्यटनको समानुपातिक विकासमा योजनाबद्ध ढंगले दिगो र आत्मनिर्भर बिकासको क्षेत्रमा कृयाशील रहेको बताउँदै यसबाट अत्याधिक लाभ लिन महानगरबासीलाई आग्रह गरिन् । मेयर दाहालले अबका दिनमा महानगरपालिका बिकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै सम्पूर्ण आयोजनाहरू आफ्नै कार्यकालमा पूरा गर्ने योजनाका साथ अगाडि बढेको जानकारी दिइन् ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला औद्योगिक विकास समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताए । डल्लाकोटीले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनी कक्षले यस क्षेत्रको औद्योगिक पर्यटकीय गतिबिधिहरूको विकास र विस्तारमा सहयोग हुने उल्लेख गरे । प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिब डा. सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिरहेको बताउँदै निर्माणाधीन औद्यौगिक प्रदर्शनी केन्द्रले यस क्षेत्रको औद्योगिक तथा घरेलु उपजको बजारीकरण र उत्पादन वृद्धिमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष बिष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनी कक्षले यहाँको पर्यटन प्रवद्र्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनी कक्षका बारेमा आफ्नो धारणा राखेका थिए । वडा नम्बर २२ को कार्यालय परिसरमा निर्माण हुने औद्योगिक प्रदर्शनी कक्ष ९१ लाख रुपैयाँको लागतमा एक बर्षभित्र निर्माण सम्पन्न हुने छ । प्रदर्शनी कक्षले स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शन र बजारीकरणमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.