काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ४ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








