काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिसांत्मक आन्दोलनतर्फ नजाने बताएका छन् । काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने बताएका हुन् । केही दिनअघि मात्र प्रचण्डले शाकाहारी आन्दोलनले नपुग्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियाको सुरुवात भएको प्रचण्डको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिसमा राजामहाराजाहरूको दुर्गन्ध भएको प्रचण्डले बताए । नेपाली जनता सार्वभौम भएको तर ओलीको सिफारिसमा त्यसको दुर्गन्ध भेटिने उनको भनाइ छ।








