काठमाडौं । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी ठगि गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका वडा नं। ५ खमारे स्थाई घर भई हाल काठमाण्डौ ७ मित्रपार्क, चावहिल बस्ने वर्ष ६० का तुलसी थापा रहेको प्रहरीले जनाएको छ ।
उनले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई ठगि गर्दै आएको खुलेको छ । उनले आफू मानव अधिकार आयोगको अध्यक्ष भएको र आफूले सहजै अमेरिका पठाउन सक्ने भन्दै विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी १५ लाख रुपैया ठगि गरेका थिए । उनलाई मंगलवार काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ ।
प्रहरीले नीजबाट अरुपनि उक्त व्यक्तिबाट अन्य कोही ठगिनुभएको छ भने कार्यालयमा सम्पर्क राख्नको लागि समेत अनुरोध गरेको छ ।








