काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा रातो झन्डा फहराउने वाला भएको बताएका छन् । बिहीबार प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘हामी राता झन्डा फहराउनेवाला हौँ । पेरिसडाँडामा जस्तो काला झन्डा फहराउने होइनौँ । कालो बेलुन उडाउने होइनौं ।
हामी रातै बेलुन, रातै झन्डा फहराउने हौँ ।’ ओलीले भने । सामाजिक न्यायका पक्षमा, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुबाटोमा लैजान नदिने प्रयासमा सरकार लागिपरेको उनको भनाई छ । अहिले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाईं लडिरहेको ओलीले बताए ।
‘हामी एउटा शान्तिपूर्ण, वैधानिक, लोकतान्त्रिक विधि र बाटोबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक न्याय र समतानतका पक्षमा, सामाजिक न्याया र समानतका पक्षमा हामीले लडेर ल्याएको संविधानको रक्षा गर्ने, संधीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतानित्रक प्रणालीलाई कुबाटोमा लैजान नदिन राजनीतिक लडाईं लडिरहेका छौँ’, ओलीले भने । उनले सरकार कुनै आवेश, उत्तेजना, आक्रोशमा नभएको पनि प्रस्ट्याए ।








