नवलपुर । नेपाल कम्युनिष्ठ पार्टी नवलपुरको जिल्ला सदस्य सहिता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । बिहिबार नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टी नवलपुरको जिल्ला सदस्य सहिता कार्यकर्ताहरु नेकपा परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन ।
बिहीवार बिहान काँग्रेस नवलपुरको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आठ जना कांग्रेसमा प्रवेश गरेका हुन । नवप्रवेशीलाई गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले क्रियाशिल सदस्यता प्रदान गर्नु भएको हो । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सांसद बिष्णुप्रसाद लामिछाने, प्रदेश सांसद ओमकला गौतम , पुर्व संबिधानसभा सदस्य महेन्द्रध्वज जिसी लगायतले खादा–अविर सहित स्वागत गरेका गरेका हुन ।
नेपाली कांग्रेस नवलपुरकाले लियको जानकारी अनुसार देबीकुमारी न्यौपाने सहित लक्ष्मीप्रसाद भण्डारी, रामप्रसाद अर्याल, रामाकान्त भण्डारी, टिकाराम अर्याल, नेत्रप्रसाद काफ्ले, गोबिन्दप्रसाद अधिकारी र बलभद्र अधिकारी सहित आठ जना पार्टी प्रबेश गरेका हुन् ।








