सुर्खेत । नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नै नरहने गरी निष्काशन गर्ने बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित बृहत सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने बताएका हुन् ।
‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’ उनले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब उनलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताए ।








