काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति छैन । हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ। बिहानीपख तराईका केही भू–भागका थोरै स्थानहरुमा हुस्सु् र कुहिरो लाग्ने संभावना देखिएको विभागले जनाएको छ ।
आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य वदली हुने सम्भावना रहेको छ । प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








