काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजको बहस सकिएको छ। शुक्रबार रिट निवेदनको तर्फबाट १० अधिवक्ताले बहस गरे । शुक्रबार अधिवक्ताहरु नारायण प्रसाद तिमिल्सिना, गुणराज घिमिरे, उमेशप्रसाद साह, डा. राजुप्रसाद चापागाई, शैलेन्द्रकुमार दाहाल, शालिकराम सापकोटा, सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, नरहरि आचार्य र जनक साउदले बहस गरेका छन्। बहस नसकिएपछि रिटमाथिको मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको छ। अर्को सुनुवाइ आइतबार हुने गरी तोकिएको छ ।








