फाइल फोटो
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा संकास्पद वस्तु भेटिएको छ ।धरान चतरा सडकखण्ड अन्तर्गत बागमती ४ झुरझुरेमा सडकखण्डको बिचमै संकास्पद वस्तु भेटिएको हो । कालोराते तार सहितको वस्तु सडकको विचमै भेटिएपछि सडकखण्ड पुर्ण रुपमा बन्द गरिएको छ।घटनास्थलमा प्रहरी पुगिसकेको र सर्ववसधरणको आवतजावतमा रोक लगाइएको छ।विस्फोटक पदार्थ जस्तो वस्तु देखिएकोले सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरीले जानकारी दिएको छ । नेकपा विप्लब समुहले आफ्नो नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको छ ।








