हेटौँडा । आज युनिलिभर फिडर अन्तर्गत हेटौँडा वडा नम्बर ३,११र १९ ,मनहरी वडा नम्बर-१ बाहेक सबै वडा र राक्सिराङ र कैलाश तर्फ जाने लाइनमा २ घण्टा विद्युत कतौटी हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शुक्रबार सूचना जारी गर्दै युनिलिभर फिडर अन्तर्गत उक्त स्थानमा बिहान ९ बजेदेखि ११बजे सम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो । केन्द्रले हेटौँडा-११ बाघथलीमा नयाँ ट्रान्सफर्मर संचालन तथा एल टि लाइन सुधारको कार्य गर्नुपर्ने भएकोले बिहान २ घण्टा विद्युत कतौटी हुने जनाइएको छ।









