गैंडाकोट । पुर्बी नवलपरासीमा मोटरसाइकलमा सवार यात्रुबाट लागूऔषध बरामद भएको छ । यात्राका क्रममा रातो झोला बोकेर हिँडेका व्यक्तिसँग जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागूऔषध बरामद गरेको हो।
शुक्रबार जिल्लाको कावासोति नगरपालिका वडा नम्वर–८ खरकट्टा स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको ध १ प ५६५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो लागूऔषद बरामद गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडी बसेका बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका २ रुद्रेपिपलका २२ बर्षीय जीवन केसीले काखमा च्यापी राखेको रातो रंगको झोला भित्र बाट डाईजेपाम १०० एम्पुल,फेनारागन १०० एम्पुल र नुफिन १०० एम्पुल लागूऔषध बरामद भएको थियो ।
साथै मोटरसाइकल चालक सोही ठाउँका २२ वर्षीय संगम बस्याललाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको र लागूऔषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।








