काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असवैधानिक कदमविरुद्ध नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । शनिबार दिउँसो माइतीघर मण्डलामा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहित नागरिक अगुवाहरूहरुको समूहले प्रतिनिधिसभा विघटनविरुद्ध धर्ना दिएर विरोध जनाएका हुन् ।
धर्नामा सहभागीहरुले ‘संविधान विरुद्धको षडयन्त्र बन्द गर’, ‘प्रतिनिधिसभा मास्न पाइँदैन निरङ्कुश सरकार चाहिँदैन’ लगायतका नारा लेखिएको पोस्टर प्रदर्शन गरेका थिए । प्रतिगमनविरूद्ध बृहत् नागरिक समाजले सोमबार २ बजे कमलपोखरीबाट जुलुस पनि निकाल्दैछ।
कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ ।








