फाइल तस्विर
काठमाडौँ । नेकपा प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । बैठक आइतबार दिउँसो १२ः३० बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसकोविरुद्ध आन्दोलनरत यो पक्षले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ । शुक्रबार पनि काठमाडौँमा बृहत शक्ति प्रदर्शन गरेको थियो ।








