काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आइतबार राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, गण्डकी प्रदेश र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।








