फाइल तस्विर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ । आइतबार दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिबार बसेको सचिवालयको बैठकले स्थायी कमिटी बैठक बोलाएको हो ।
आज बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गरिने बताइएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाले निरन्तर जनपरिचालनलगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।
गत शुक्रबार पनि नेकपाले काठमाडौँमा बृहत शक्ति प्रदर्शन गरेको थियो ।








