हेटौंडा । पूर्वी मकवानपुर बकैया गाउँपालिकाकी एक महिला विगत साडे २ वर्ष देखि घाँटीको क्यान्सरबाट पीडित रहेकी छन् । गाउँपालिकाको वडा नंबर १ को धोविखोलाकी स्थानीय ५० वर्षीया माया गाले उक्त क्यान्सरबाट पीडित रहेकी हुन् ।
हाल उनि उपचारको लागि खर्च नहुँदा ओछ्यानमा थन्निकु परेको उनको छिमेकी विर बहादुर भोम्जनले जानकारी दिए । उनले परिवारको आर्थिक अवस्था निकै कम रहेको कारण भएको केहि रकम पनि काठमाण्डौ,हेटौंडा र चितवनको अस्पतालमा धाउँदै सकिएको बताए । “साडे दुई वर्ष अघि घाँटीमा सानो गाँठो देखा परेको थियो,त्यो विस्तारै बढ्दै जाँदा क्यान्सरमा परिणत भएछ । कोरोनाको कारण मुलुकमा लकडाउनको बेला परिवारले उपचारको लागि काठमाण्डौ लगेका थिए,तर अस्पतालले भर्ना लिन मानेन । विभिन्न स्थानमा रहेको अस्पताल पुर्याउदा पुर्याउदै परिवा संग भएको खर्च पनि सकिएर अहिले बिरामी घरमै बसेकी छन्,अहिले बिरामीको घाउ पनि बढ्दै र फुटेको पनि देखिन्छ ।”
छिमेकी भोम्जनले परिवारका सदस्यले उपचारमा आर्थिक सहयोग गर्न अपिल गरेको बताए । उनले घाँटीको क्यान्सर पीडित गोलेको नागरिकता समेत नहुँदा स्थानीय सरकारबाट उपचारमा प्राप्त सेवासुविधाबाट बञ्चित भएको समेत बताए । उनले गोलेको श्रीमान सुब्बा गोलेसहित ४ जनाको परिवारको सदस्य रहेका बताए ।
परिवारको आर्थिक अवस्था निकै कम भएको कारण उपचार गर्न लगिएको गोलेलाई हाल उपचार गर्ने खर्च नहुँदा घर फर्काएर ल्याईएको छिमेकी भोम्जनको भनाई छ । उनले गोलेका परिवारले उपचारमा आर्थिक सहयोग गर्न अपिल गरेको बताए । उनले यस किसिमको रोगहरुको उपचार सरकारले गर्नुपर्ने बताए ।
नोट : घाँटीको क्यान्सर पीडित माया गोलेलाई आर्थिक सहयोग गर्न चाहनेहरुले गोलेकी छिमेकी विर बहादुर भोम्जन ९८४५८४३९३८ सम्पर्क गर्न सक्नुहुनेछ ।








