सांकेतिक तस्विर
रुपन्देही । रुपन्देहीमा एक ट्राफिक प्रहरीसहित दुई जना पक्राउ परेका छन् । बहिनीको नग्न तस्बिर खिचेर दिदीको सामूहिक बलात्कार गरेको आरोपमा ट्राफिक प्रहरी जवान विशाल शर्मा र स्थानीय गुरुचरण चौधरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।
स्थानीय कञ्चन गाउँपालिका–५ मा कात्तिक २३ गते नातामा दिदी–बहिनी पर्ने दुई जनालाई ट्राफिक प्रहरी जवान शर्मासहित चारजनाले एकान्तमा लगेर सामूहिक बलात्कार गरेका थिए । बहिनीको फोटो सार्वजनिक भएपछि उनीहरु प्रहरीमा आइपुगेको एसपी प्रविण पोखरेल जानकारी दिए ।
यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ भने फरार रहेका दुई जनाको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।








