काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा पेस भएको छ। यद्यपि दर्ता हुन बाँकी छ ।
प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले रिट लिएर सर्वोच्च पुगेका हुन् ।
निवेदनमा भनिएको छ, ‘खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ ।’









