काठमाडौं । हाल देश भरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतय सफा रहेको छ । आज काठमाडौंको न्युतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ। प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








