काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको प्रदर्शनमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार स् कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरूपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरूले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सोमबार बिहान समाजले बालुवाटार अगाडि प्रदर्शन गरेको थियो ।








