काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको छ । यस पक्षले माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।








