काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
देशको केही पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भु-भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान:-
शुक्रबार
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।
शनिबार
दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ। राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेशनं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।
आईतबार
दिउँसो : प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।
राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।








