• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोभिड १९ विरुद्धको खोप राजनीतिक सामग्री बन्योः मन्त्री त्रिपाठी

  •   शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड १९ विरुद्धको खोप राजनीतिक सामग्रीको रुपमा देखिएको बताउनु भएको छ । आज शुक्रबार भरतपुर अस्पतालमा खोप अभियानको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उहाँले खोप प्राप्त गर्न कठिन भएको बताउनुभयो । विश्वका केही देशहरुमा मात्रै केही उत्पादकहरुले यसका उत्पादन गरिरहेका भन्दै उहाँले भन्नुभयो “खोप स्वास्थ्य सामग्री भए पनि यसको प्राप्ती राजनीतिक सामग्रीको रुपमा देखिएको छ ।”

    कम्पनीसँग खरिद गर्दा धेरै पछाडि सूचीमा पर्ने भएकाले व्यक्तिगत रुपमा सम्बन्धित देशका राजदुतहरु, मन्त्रीहरु, उच्च प्रशासकको प्रभावलाई प्रयोग गरेर खोप उपलब्ध गराउने स्थितिमा आफूहरु पुगेको उहाँले बताउनुभयो । अब कोभिड १९ विरुद्धको खोप अभियान नरोकिने बताउँदै उहाँले निरन्तर रहने बताउनुभयो । उहाँले भन्नुभयो “खोपको अभावमा कार्यक्रम रोकिंदैन ।”

    उहाँले पहिलो चरणको खोप नसक्किदै दोस्रो चरणका लागि खोप आईपुग्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो “खोप कार्यक्रम निरन्तर जारी रहने छ ।” युरोपमा पनि खोपको अभावमा कार्यक्रम रोकिएको बताउँदै उहाँले नेपालमा त्यस्तो स्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।पहिलो चरणमा भारत सरकारको अनुदानमा खोप प्राप्त गरेको स्मरण गराउँदै उहाँले अब भने सरकार खोप खरिदको प्रक्रियामा लागेको बताउनुभयो ।

    कम्तीमा तीन चरणको परीक्षण नगरिएको र कम्तीमा दुई देशमा प्रयोग नगरिएको खोप नेपाल भित्रिन नदिने बताउँदै मन्त्री त्रिपाठीले भन्नुभयो “नेपाललाई प्रयोगशाला बनाउन कसैले दवाव दिए पनि त्यो हुन दिंदैनौं ।” खोपको प्रभावकारिता र सुनिश्चितता प्राप्त भएपछि मात्रै खोपलाई आयात अनुमति दिईने उहाँले बताउनुभयो । खोप खरिद प्रक्रिया पारदर्शी हुने बताउँदै उहाँले दाताहरुले गर्ने नगद सहयोग पनि कोषमा जम्मा हुने बताउनुभयो । उहाँले भन्नुभयो “मन्त्रालयले स्वेतपत्र जारी गरी कति खोप खरिद गरियो, कति अनुदानमा आयो र कति खर्च भयो भन्ने स्पष्ट देखाईने छ ।”

    आफू मन्त्री बनेपछि तीन वटा कुरालार्ई प्राथमिकता दिएको बताउँदै मन्त्री त्रिपाठीले भन्नुभयो “पहिलो खोप नै हो, दोस्रो सबै पालिकामा अस्पताल र तेस्रो स्वास्थ्य क्षेत्रका कर्मचारीको मिलान रहेको छ ।” आफूले स्वास्थ्य क्षेत्रका कर्मचारीको मनोबल गिर्न नदिने गरी काम गर्ने बताउँदै उहाँले भन्नुभयो “तर कर्मचारीले जनताको मनोबल गिर्न दिनु हुँदैन ।” कर्मचारी समायोजन गर्दा आठ हजार स्वास्थ्य क्षेत्रका कर्मचारी अप्ठ्यारोमा परेको भन्दै उहाँले उनीहरुको मिलानको प्रक्रिया शुरु भईसकेको बताउनुभयो ।

    उहाँले पहिलो चरणको खोप अभियान समाप्त पछि कर्मचारी मिलान हुने जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारी, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, डा. युवानिधि बसौला, डा. कृष्णप्रसाद पौडेललगायतले खोपको उपयोगिताका बारेमा बोल्नु भएको थियो ।

    बिहीबार साँझसम्म जिल्लामा ६०६ जनाले खोप लगाई सकेका छन् । जिल्लाका तीन ठाउँमा खोप केन्द्र स्थापना गरी पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.