फाइल तस्विर
काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली मुलुकमा विध्वंस मच्चाएर तमासा देखाउन तल्लीन रहेको बताएका छन् । विराटनगरमा शुक्रबार आयोजना गरेको शक्ति प्रदर्शनमा सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘उनी तमासा मात्रै देखाइरहेका छन्, यो तमासा धेरै चल्ने छैन।
अब ओली र उनको गुटमा मातम छाएको छ । उनको हाल ओरालो लागेको अवस्था भएको छ।’ पार्टीको आधिकारिकताबारे प्रसंग निकाल्दै अध्यक्ष नेपालले ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिसकेको टिप्पणी गरे । ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ ।’
नेपालले भने । प्रधानमन्त्री ओलीले आहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताए । सहकर्मी नेतादेखि न्यायाधीश, पत्रकारदेखि नागरिक समाजसम्मको अपमान गरेर ओलीले आफूलाई राजनीतिक रुपमा तानाशाह सावित गरेको उनले बताए ।








