चितवन । विभिन्न पार्टी परित्याग गरि ६० जना राप्रपाचितवनमा पार्टी प्रवेश गरेका छन् । राप्रपा रत्ननगर नगरपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि उनीहरु प्रवेश गरेका हुन ।
राप्रपा केन्द्रीय सदस्य तथा वागमतिप्रदेश सांसद रिना गुरुङ्गले नवं प्रवेशिहरुलाई अविर र दोसल्ला लगाइ स्वागत गरिएको थियो । कार्यक्रममा बागमतिप्रदेश सांसद रिना गुरुङ्गले राप्रपा नै देश विकास र निकासको अन्तिम विन्दु भएको बताउनु भएको छ । आज (सोमबार) राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्यसमिति रत्ननगरको अगुवाकार्यकर्ता भेलातथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनगर्दै राप्रपाका केन्द्रीय सदस्य गुरुङ्गले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, नेकपाको कुर्सि तानातानले देश भड्खालोमा गएको छ । यस्तोमा राप्रपाप्रति नेपालीजनताले आशा गरिरहेका छन् । चिन्ता नगर्नुस हामीभ्रम फौलाएर भोट लिदैनौं । काम गरेका छौं र गरिरहने छौं । उहाँले राजसंस्था गलत थियो भनेर जतिनै प्रचार प्रसार गरे पनि पञ्चायतकालमै देशले विकासको फड्को मारेको भन्दै यस प्रति राप्रपामा रहेका सबैले गर्भगर्नुपर्ने बताउनुभयो ।
त्यस पछिको कालमा हजारौं नेपालीको रगत व्यर्थमै बगेको र गणतन्त्रको नाममा जनतालाई झुक्काउने कामभएको उहाँको भनाई छ । राप्रपाका केन्द्रीय सदस्य पवित्र, रामहरी कँडेल, युवा नेता एवं पार्टीका प्रदेश सांसद माधव भट्टराइ र ज्ञान जंङ्ग लामाले देश विकासको बैकल्पीक शक्ति राप्रपा नै रहेकोमा कुनै दुई मत नरहेको बताउनुभयो ।
साथै उहाँहरुले देश विकासको मेरुदण्ड युवानै हो भन्ने कुरा युवाआफैलाई ज्ञान हुनआवश्यक रहेकोमा जोड दिनुभएको छ । यूवाशक्तिको कदर राप्रपाले नै गर्ने भन्दै साथदिन चाहाने जो –कोहिलाई राप्रपाले आत्मै देखि स्वागत गर्ने बताउनुभयो । यस्तै राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले राष्ट्रिय विभुतिलाई तिरस्कार गरि विदेशी नेताको पुजा गर्ने व्यक्तिबाट राष्ट्रवादको अपेक्षा गर्न नसकिने बताउनुभयो ।
विदेशी विचार लिएर हिड्ने हर –कोहिको अगाडि शिर नझुकाउन अध्यक्ष ढकालले आग्रह गर्नुभएको छ । नवं प्रवेशी सन्तोष लामाले कुनै पनि सरकारले युवा परिचालन गर्न नसकेको भन्दै आक्रोस व्यक्तगर्नुभएको थियो । उहाँले भन्नुभयो, देश झनझन गरिब भएको छ, सरकारको ध्यान रेमिटान्समा मात्र छ । लामाले राप्रपाले यूवाको कदर गर्ने भन्दै यस तर्फ लागेको बताउनुभयो । कार्यक्रममा उपस्थिति सम्पुर्ण पदाधिकारीहरुले नवं प्रवेशीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।








