काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर ९२ हजार ६ सय रुपैयाँमा नै कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९२ हजार १ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








