काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको हो । पत्रकार सम्मलेनमार्फत सो पक्षले बिहीबार आम हड्तालको घोषणा गर्ने बताइएको छ ।
साथै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक कदमका साथ प्रतिनिधिसभा विघटन गरेपछि सो पक्ष सडक संघर्षमा रहेको छ । ओलीको उक्त गैरसंवैधानिक कदमविरुद्ध प्रचण्ड-नेपाल पक्षले विभिन्न चरणमा काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।








