काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा अनेरास्ववियुले काठमाडौंमा चक्काजाम गरेको छ । अनेरास्ववियु दाहाल-नेपाल निकट विद्यार्थीले संसद भवनअगाडि आधा घण्टा चक्काजाम गरेका हुन् ।
ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल-नेपाल समूहसंगै उनीहरू निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।








