काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै जोशीले राजीनामा दिएका हुन् ।
जोशीले राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको अख्तियार स्रोतले जनाएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी थिइन् भने उनीहरुको आजै पद तथा गोपनियताको शपथ भएको थियो ।








