काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्या भावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न नसक्ने बताएका छन् ।
उनले प्रचण्ड-माधव पक्षको बिहीबार आमहड्ताल घोषणा गरेको तर्फ इंगित गर्दै भनेका छन्, ‘अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईर्ष्याभावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न सक्तैनन् ! तिनले ध्वंसात्मक दिशामा अघि बढेको पत्तै पाउँदैनन् र अन्ततोगत्वा आफ्नै सर्वनाश भएको समेत पत्तो पाउँदैनन् ! समयमै सोचे हुने !!’








