काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
काठमाण्डौंको विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । जुलुसपछि नारायणहिटीअगाडि सभा हुने बताईएको छ । उक्त सभालाई १२ बजे प्रधानमन्त्री c बताईएको छ । प्रधानमन्त्रीओली सहित शिर्ष नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजको जनसभामा ३ लाख जनता उतार्ने नेकपाका केन्द्रीय कमिटी सदस्य महेश बस्नेत जानकारी दिएका छन् । उनले बिहिबार काठमाडौंमा मार्चपास कार्यक्रममा जनसभामा ३ लाख जनताको सहभागी रहने बताएका हुन् ।
उनले बिहिबार शुक्रबार हुने जनसभालाई स्वयंसेवकले सुरक्षा दिन सक्छ भन्ने सन्देश दिन मार्चपासको आयोजना गरिएको बताएका थिए । शक्ति प्रदर्शन जनसभामा बागमती प्रदेशको जिल्लाहरुबाट पनि नेता कार्यकर्ताहरुको उल्लेखिय सहभागी रहने आयोजक बागमती प्रदेश कमिटीले जनाएको छ ।








