• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भागरथीको बलात्कारपछि हत्या

  •   आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ।

    शनिबार जिल्ला अस्पताल बैतडीमा उनको शव पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको अस्पतालको विशेष स्रोतले जनाएको छ। ‘बलात्कारपछि हत्या गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘एकजनाले बलात्कार गरेर हत्या गरेको हो या सामूहिक बलात्कार भएको हो भन्नेचाहिँ खुल्न सकेको छैन।’ बुधबार २ बजे विद्यालयको पढाइ सकेर घर फर्कने बेला बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनको जंगलमा पुर्‍याई भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    ‘प्रारम्भिक अनुसन्धानअनुसार बलात्कार गरी हत्या भएको देखिएको छ,’ नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, विस्तृत कुरा पछि खुल्नेछ।’ कक्षा १२ मा अध्ययनरत भागरथी सधैंझैं बुधबार बिहान आफू पढ्ने सनातन धर्म सिरकोट माध्यमिक विद्यालय गइन्।

    पुरै पाँच विषय पढी विद्यालयबाट घर फर्किन्। विद्यालयनजिकैको खोचलेक बजारमा उनलाई २ बजे स्थानीयले देखेका थिए। बुधबार साँझसम्म उनी घर फर्किनन्। आफन्तले उनलाई खोज्न थाले। ‘उनका साथीहरूलाई सोधेर सबैतिर खोजी गर्‍यौं,’ उनका काका शंकर भट्टले भने, ‘कतै पनि पत्ता नलागेपछि दोस्रो दिन बिहीबार स्थानीय खोचलेक प्रहरी चौकीमा खोजी गरिदिन भन्दै निवेदन दर्ता गरायौं।’ त्यतबेलासम्म आफूहरूलाई कुनै साथीको घर गएको वा केटासँग भागेको होला भन्ने अनुमान गरेको उनले बताए।

    बिहीबार साँझ विद्यालयबाट घर फर्कने बेला चडेपानीका तीन विद्यार्थीले बाटोभन्दा तल मृत अवस्थामा भागरथीलाई देखेका थिए। तल्लो शरीर निर्वस्त्र रहेको, यौनांगमा रगत बगेको, हात काटिएको, शरीरभरि नीलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको काका भट्टले बताए।

    बिहीबार साँझ नै स्थानीय प्रहरी र आफन्त घटनास्थल पुगे पनि शुक्रबार शव घटनास्थलबाट उठाइएको थियो। अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झझल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरेको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.