काठमाडौं । देशको विभिन्न भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने महाशाखाले जनाएको छ । आइतबारदेखि मौसममा क्रमिक सुधार भए पनि चिसो भने अझै कायमै रहने महाशाखाले जनाएको छ ।








