काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदैछन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली मंगलबार आयोग कार्यालय कान्तिपथ जान लागेको स्रोतले बताएको छ ।
आज बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग जानेछन् । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई चिरामा विभाजन भएको छ । दुवै पक्षले आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् ।
तर, आयोगले कुनै पनि पक्षलाई नेकपाको आधिकारिकता दिन मानिरहेको छैन । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।








