काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १५ सयले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ४ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








