काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनु भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहनु भएका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको बताईएको छ । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
उपकार्यकारी निर्देशक शाक्यलाई‘एनईए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो । शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गरेका थिए । शाक्य प्रसारणलाइनका जानकार मानिनुहुन्छ ।
उहाँ २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिनुभएको थियो । शाक्यले बिई र प्रणाली सञ्चालनमा स्नातकोत्तर गर्नुभएको छ ।








