नवलपुर । नवलपुरमा ११ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार ४०९ जना मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी ओम नारायण शर्मा ढुंगानाले पुस ५ गतेसम्म कार्यालयमा दर्ता भएको नामावली निर्वाचन आयोगमा पठाएकोमा आयोगबाट दुई लाख ३३ हजार १२३ मतदाताले मतदानमा भाग लिन पाउने गरी नामावली फिर्ता आएको बताउनुभयो ।
उहाँकाअनुसार एक लाख नौ हजार ५६७ जना पुरुष, एक लाख २३ हजार ५५२ जना महिला र ४ जना तेस्रो लिंगी रहेका छन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए। जिल्लामा मतदानस्थान तथा मतदान केन्द्र निर्धारण पुनरावलोकन समितिको बैठक बसिसकेको भन्दै जिल्ला निर्वाचन अधिकारी ढुङ्गानाले जिल्लामा मतदानस्थल तथा केन्द्र नबढ्ने बताउनुभयो । जिल्लामा २५८ मतदान केन्द्र तथा ११२ मतदानस्थल रहेका छन् ।
राजनीतिक दलहरुले मतदान केन्द्र र मतदानस्थल थप गर्ने विषयमा कुनै सुुझाव नदिएको उहाँले जानकारी दिनुभयो ।अहिलेको नयाँ संरचनाका कारण उनीहरुलाई धेरै हिँड्नुपर्ने भएको भन्दै ढुङ्गानाले त्यस गाउँमा कुनै पनि सरकारी कार्यालय नहुँदा मतदानस्थल निर्माण गर्न समेत समस्या देखिएको बताउनुभयो । मतदाता नामावली सच्चाउनका लागि जिल्लाका आठ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकिएको भन्दै ढुंगानाले उनीहरुका अभिमुखिकरणसमेत दिइसकिएको बताए ।
सहायक नाम दर्ता अधिकारीले माघ १५ देखि स्थानीय तहमा नै बसेर विवरण सच्चाउने काम गर्ने उहाँले बताउनुभयो ।








