काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ४ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








