काठमाडौँ । संसद विघटनविरुद्धका रिटहरुमा सर्वोच्च अदालतमा आजबाट पुनः बहस सुरू हुँदैछ । मंगलबार न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरू हुन लागेको हो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसकोविरुद्ध १३ वटा रिट दायर भएका थिए ।
उक्त रिटमा माघ ४ गतेदेखि निरन्तर बहस हुँदै आएको छ। हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले संसद विघटनको प्रतिरक्षामा बहस गरिरहेका छन्। यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।








