काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हत्या गरेको बताएका छन् । नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस कदमको सधैँ विरोध गर्नेसमेत बताए ।
उनले आवश्यक परे सिंहदरबार र बालुवाटार घेर्ने आमसभा गर्ने बताए । ‘केपीजी जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’ प्रचण्डले भने ।








